८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरभरि झण्डै झण्डा,आचार संहिता उलङ्घन (तस्विरहरु)




ललितपुर खबर
२५ वैशाख ०७९, ललितपुर । सरकारले जारी गरेको निर्वाचन आचार संहिता ०७८ अनुसार पार्टी कार्यालयबाहेक अरु ठाँउमा झण्डा राख्न निषेध गरिएको छ ।
तर ललितपुरको टोल टोलमा असंख्य झण्डा, व्यानर राखेर स्थानीय निर्वाचनको प्रचार प्रसार भइरहेको छ ।


केही दिनअघि निर्वाचन आयोगले केही ठाँउमा झण्डा हटायो । तर राजनीतिक दलले निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्दै आचार संहिता विपरित प्रचार प्रसार तिव्र पारे । निर्वाचन आयोगले पनि प्रचार सामाग्री हटाउन छोड्यो ।


ललितपुरको चापागाँउ ठेचो, सुनाकोठी र हरिसिद्दिलगायत शहरका विभिन्न ठाँउमा झण्डाहरु देख्न सकिन्छ । प्रचार सामाग्रीका कारण शहर कुरुप बन्दै गएको छ । ललितपुर खबरको लेन्सबाट देखिएका केही दृश्यहरु :

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : १६ बजे