९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर ठेचोको हिलाम्मे सडक र एमालेको भोट माग्ने जुलुस (तस्विरहरु)



२५ वैशाख ०७९, धापाखेल । ठेचोको हिलाम्मे सडक हुँदै नेकपा एमालेको जुलुस आइतबार स्थानीय निर्वाचनका लागि घरदैलो पुगेको छ ।


नेपाली काँग्रेसले ५ वर्ष गोदावरी नगरपालिकाको नेतृत्व गरिरहँदा यही सडक हुँदै एमालेका मेयर र उपमेयरका उम्मेदवार गम्भिर राना र रमि प्रधानांगसहितको लस्कर गोदावरीको सडक स्तरोन्नती गर्ने एजेण्डा बोकेर घर दैलो पुगेको हो ।
मेयरका उम्मेदवार रानाले आफूले मेयरमा जिते नगरपालिकाका सबै सडक राम्रा हुने बताएका छन् । उनले भने, ‘हामी नगरपालिकाका अधिनमा सबै सडक ५ वर्ष भित्रमा कालोपत्र गर्नेछौं ।’


गोदावरी नगरपालिकामा नेपाली काँग्रेसका मेयर गजेन्द्र महर्जन र यसै वडा नेपाली काँग्रेसका जगतबहादुर महर्जनल पाँच वर्षअघि निर्वाचन जितेका थिए । मेयर र वडाध्यक्ष दुवैजना यस पल्ट उम्मेदवार छन् ।
समृद्ध नगर बनाउने एजेण्डा बोकेर घरदैलोमा जाँदा उम्मेदवारको जुत्ता हिलाम्मे भएको थियो । कार्यकर्ताहरु कपडामाथि सारेर हिलो छल्दै अघि बढेका थिए ।


गोदावरी नगरपालिकाको कान्तिलोकपथ अन्र्तगत ठेचो तिनपानेखण्ड हिलाम्मे र धुलाम्मे छ । लामो समयदेखि यो सडक स्तरोन्ती नहुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन् ।
केन्द्र सरकारको अधिनमा रहेको भन्दै नगरपालिकाका मेयर र उपमेयर पन्छिने गरेका छन् । तर नगरपालिकाका अधिनमा रहेका ८ मिटरभन्दा कम चौडाई भएका भित्री स्थानीय सडकहरु समेत नगरपालिकाले कालोपत्र गरेको छैन ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : १८ बजे