७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेबाट मेयरका उम्मेदवारको गाडीमा आगजनी




२६ वैशाख ०७९, सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ ।
बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए ।
गाडी आठबीस नगरपालिका ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने
चालक गाडीभित्रै सुतिरहेको थिए ।
बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गरेका छन् । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएका थिए,’ उनले भने,‘ त्यस कारण खासै क्षति भने हुन सकेन ।’
घटनाबारे इलाका प्रहरी कार्याल राकमले अनुसन्धान थालेको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।