७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विप्लव नेतृत्वको नेकपा विभाजित




२६ वैशाख ०७९, काठमाडौं ।  विप्लव नेतृत्वको नेकपा विभाजित भएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले नेकपा बहुमत पार्टी गठन गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेको जानकारी दिइएको हो । पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ । कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।