९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जिम्बावेविरुद्धको एकदिवसीय सिरिज नेपाललाई



२६ वैशाख ०७९, काठमाडौं ।  नेपालले पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो ।

टियु क्रिकेट मैदानमा जिम्बावेले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए । दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ खेले । आसिफ शेखले २९ रन जोड्दा सुनिल धमलाले ६ रन जोडे ।

जिम्बावेका ब्राण्डन माभुताले ३ विकेट लिए । ब्राड इभान्सले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२ ओभर १ बलमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो । मैदानमा पानी जमेकाले ढिला सुरु हुँदा खेल ३३ ओभरमा झारिएको थियो । सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ०७ बजे