९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भित्रबाटै बन्द थियो सन्जु मृत भेटिएको कोठाको ढोका



२७ वैशाख ०७९, ललितपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनकी स्वर्ण पदक विजेता सन्जु चौधरी ललितपुर लुभुमा बन्द कोठाभित्र मृत अवस्थामा भेटिएकी छन्। झ्यालबाट उनी भित्र झुण्डिएको अवस्थामा देखेपछि घरबेटीले प्रहरीलाई खबर गरेको ललितपुर प्रहरीले जनाएको छ ।
सन्जु झुण्डिएको कोठाका झ्याल ढोका भित्रबाटै बन्द गरिएको थियो। बिहान साढे ६ बजे घरबेटी सञ्जीव महर्जनले लुभु प्रभागबाट प्रहरी पुगेको थियो। प्रहरीले ढोका फोडेको थियो। कोठामा फ्यान राख्न बनाइएको हुकमा सलको पासो लगाएर उनी झुण्डिएको पाइएको प्रहरीले जनाएको छ ।

महालक्ष्मी नगरपालिका ८ लुभु तल्लो चौरस्थित सञ्जीव महर्जनको साढे २ तले पक्की घरको भुईंतलामा उनले डेरा लिएकी थिइन्। उक्त स्थान लुभु प्रभागबाट करिब एक किलो मिटरको दूरीमा पर्छ। महर्जन भारत्तोलनका प्रशिक्षक पनि हुन्। सन्जुको मोबाइल पनि बन्द थियो। सन्जुले केही समय नेपाल प्रहरीमा पनि काम गरेकी थिइन्।

उनी प्रहरीको परिचरमा भर्ना भएर प्रहरीबाट केही समय खेलेको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए। तर उनले पछिल्लो समय प्रहरीको जागिर पनि छाडेकी थिइन्। बाँकेको नेपालगन्जकी सन्जु १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा थिइन्। नेपालमा भएको १३ औं सागमा सन्जुले महिला तर्फ ५९ केजी तौलमा श्रीलंकन खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन्।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ०२ बजे