४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कफ्र्यु घोषणा   



२७ वैशाख ०७९, श्रीलंका । श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गरेका छन् । उनको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कफ्र्युको घोषणा गरेको छ ।    यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कफ्र्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरुले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ ।

सिन्ह्वा

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  २ : २० बजे