७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित



२७ वैशाख ०७९, काठमाडौं । जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यही निर्णय आज मङ्गलवार राजपत्रमा प्रकाशित भएको हो ।

यो बिदा लागू भएसँगै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।