९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नेकपा माओवादी केन्द्रद्वारा ललितपुरका बागी उम्मेदार तिमल्सिनालाई निलम्बन




२८ वैशाख ०७९, ललितपुर ।  नेपाल कम्युनिष्ट पार्टी माओवादीले बागी उम्मेद्वारा ललितपुरका बागी उम्मेद्वारा भागिरथ तिमल्सिनालाई पार्टीबाट निलम्बन गरेको छ ।

गत वैशाख २३ गते पार्टीले कारवाही गरेको पत्र आज बुधबार मात्र सार्वजनिक गरिएको हो ।

पार्टीको नियर्ण विपरित बागी उम्मेद्वार दिएको भन्दै पार्टीले निलम्बन गरेको हो । नेकपा माओवादीको पत्रमा भनिएको छ, ‘गठबन्धनको आधिकारिक उम्मेदवारलाई आफ्नो समर्थन रहेको वक्तव्य जारी नगरेर पार्टीको निर्णय उल्लघंन गरेका कारण पदबाट निलम्बन गरिएको छ ।’

अध्यक्षका उम्मेदवारी दिएका तिमल्सिनाले आफूले पार्टी बचाउन लाग्दा कारवाहीमा परेको बताए । उनले भने, ‘निर्वाचनमा जित्न र मलाई अल्मल्याउन आजसम्म वार्ता गरियो । अहिले २३ गतेका कारवाही गरेको कागज सार्वजनिकगरिएको छ । ’
तिमल्सिनाले आफूलाई भोट दिनका लागि अपिल सार्वजनिक गर्न लागेको बताए ।

तिमल्सिनाले महाकाँल गाँउपालिकाको वडा नं. १ र २( बुखेल र मानिखेल) एनेकपा माओवादीलाई दिनु पर्ने नत्र आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउदै आएका थिए ।

नेकपा माओवादी र नेपाली काँग्रेसबीच सहमतीपछि गणेश केसीलाई गठबन्धनको तर्फबाट उम्मेदवार उठाएको थियो । विवादकाबीच गत बैशाख १२ गते तिमल्सिनाले पनि उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : ५८ बजे