९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरका प्रचार सामाग्री हटाउन निर्देशन



फाइल तस्विर

२९ वैशाख ०७९, भक्तपुर । भक्तपुरका विभिन्न मतदानस्थल तथा मतदान केन्द्र अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा खटिएका पदाधिकारीले जिल्लाका विभिन्न ठाउँका मतदान केन्द्र, मतदानस्थल र मतगणनास्थल अनुगमन गरेकी हुन् ।
मतदानस्थलको तयारी कस्तो भइरहेको छ, मतदानपछि कसरी मतपेटिका लैजाने, मतगणनास्थलको तयारी कस्तो छ, थप गर्नुपर्ने अवस्था भए नभएको बारेमा जानकारी लिइएकोे प्रजिअ शर्माले जानकारी दिइन् । बुधबार नै मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले पनि यहाँका विभिन्न मतदान केन्द्र अनुगमन गरेको छ । मौन अवधिमा आचारसंहिता पालना भए÷नभएको र मतदानस्थलको अवस्था कस्तो छ भन्ने जानकारी लिँदै आवश्यक तयारी गर्न अनुगमन गरिएको सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, निर्वाचन अधिकृत मैँया कँडेल, सहायक मतदान अधिकृत केशव सिलवाल, नेपाली सेनाको गठ्ठाघरस्थित भैरववाण गुल्मका सेनानी परशुराम थापा, थिमिस्थित प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरी, दुवाकोटस्थित सशस्त्र प्रहरी गणका प्रहरी नायब उपरीक्षक सुरज कार्कीलगायत अनुगमनमा सहभागी थिए ।
अनुगमनका क्रममा मतदानस्थललगायत क्षेत्रमा आचारसंहिताविपरीत विभिन्न राजनीतिक दलका झण्डा, फ्लेक्स, मतदान चिह्नलगायत प्रचार सामग्री तत्काल हटाउन लगाइएको सहायक निर्वाचन अधिकृत सिलवालले जानकारी दिए । मौसमको प्रतिकूल अवस्थाको मध्यनगर गर्दै मतदान केन्द्र र स्थलको तयारी गर्न निर्देशन दिइएको उनले बताए । हिजै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरणको समेत अनुगमन गरिएको र मतदानको सबै तयारी पूरा भएको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ७ : ३२ बजे