७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धर्मेन्द्र बास्तोला रिहा



२९ वैशाख ०७९, दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि छाडेको छ । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १२ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।