२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागी उम्मेदवार पौडेललाई सघाउने पाँच जना निलम्बनमा



२९ वैशाख ०७९, काठमाडौं । नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरमा बागी उम्मेदवारी दिएका जगनाथ पौडेललाई सहयोग गरेको अभियोगमा थप पाँच जनालाई कारबाही गरेको छ। उनीहरुलाई पार्टी सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाइएको छ।

कांग्रेसले पूर्वसांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, तरुण दलकै पूर्वजिल्ला सचिव आनन्दराज राउत, कांग्रेस क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा‍.केशव पौडेललाई निलम्बन गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई निलम्वन गरेको जानकारी दिएका हुन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले गठबन्धन गरेर उम्मेदवार उठाएको छ। पार्टीको निर्णयबाहिर गएर कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्। कांग्रेसले यसअघि पौडेलसिहत उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई पनि निष्कासन गरिसकेको छ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।