९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँका मतगणना स्थलमा तार जाली




२९ बैशाख ०७९, काठमाडौं । काठमाडौंका मतगणनास्थलहरुमा तारजाली राखिने भएको छ । काठमाडौं महानगरका अनुसार काठमाडौं महानगरको मतगणनास्थलमा अहिले तारजाली राखेर सुरक्षित बनाइएको छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौँका सबै पालिकाका मत गणना स्थलमा जाली लगाइएको हो ।
काठमाडौँ महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौँका अन्य पालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालयमा गणना हुनेछ । यसै गरी मत गणनाका लागि कर्मचारीहरु खटाइको छ ।
काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइनेछ । सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्नेछ । त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ । खतिवडा भन्छन्, ‘हामीले एकपटकमा ५ वटा वडाको गणना गर्ने तयारी गरेका छौँ ।’
राष्ट्रिय सभा गृहको मत गणना परिणामलाई सार्वजनिक गर्न काठमाडौँ महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखेको छ । यसै गरी आमसञ्चारकर्मीको रिपोर्टिङ् सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्ने, सञ्चार कक्षबाट मत गणना घोषणाको एचडी फरम्याबाट प्रत्यक्ष प्रत्यक्ष प्रसारण गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १० : ०४ बजे