७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कर्मचारीको साथबाट स्वस्तिक छाप र मोबाइल फेला परेपछि तनाव, दुई राउन्ड हवाई फायर



३१ जेठ ०७९, इलाम । मतगणनाको क्रममा इलामको देउमाई नगरपालिकामा तनाव भएको छ ।  गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप र मोबाइल फोन फेलापरेपछि तनाव सुरु भएको हो  ।

विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो ।विवाद हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

आक्रोशित भिडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ । केही म्यादी प्रहरी घाइते भएका छन् भने गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।