५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चुनाव लगतै ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य



३१ जेठ ०७९, काठमाडौं ।  सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३३ बजे