७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भरतपुर महानगरमा रेणु दाहालको आग्रता




३१ जेठ ०७९, भरतपुर । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनकी मेयरकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन् । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता लिएकी हुन् । तीन सय मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।
दाहालले ११६ मत प्राप्त गरेकी छिन् । नेकपा (एमाले)का बिजय सुवेदीले ११० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत प्राप्त गरेका हुन् ।
यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३६ मत पाएका छन् । उनको प्रतिस्पर्धी नेकपा (एमाले) सहितको गठबन्धनकी हिमला गुरुङ्ले ८० मत पाएकी छिन् ।
यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले १३७ र नेकपा (एमाले)का शुक्रकुमार श्रेष्ठले ११७ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरूमा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।