
२ जेठ ०७९, ललितपुर । अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। सोमबार बिहान ८ बजेसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यसअघि कांग्रेसले एमालेलाई पछ्याइरहेको थियो। अहिलेसम्म कांग्रेसले ३४ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ३१ स्थानीय तहमा बाजी मारेको छ।
यस्तै, माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। अन्यले १ स्थानमा जित हासिल गरेको छ।
कांग्रेसले प्रमुख/अध्यक्ष जितेका पालिकाहरू
१. नार्पाभूमि गाउँपालिका, मनाङ २. नासों गाउँपालिका, मनाङ ३. घरपझोङ गाउँपालिका मुस्ताङ ४. गन्यापधुरा गाउँपालिका, डडेलधुरा ५. रेसुंगा नगरपालिका, गुल्मी ६. गुल्मी दरबार गाउँपालिका, गुल्मी ७. बडीकेदार गाउँपालिका, डोटीको ८. खार्पुनाथ गाउँपालिका हुम्ला, ९. तमानखोला गाउँपालिका, बागलुङ १०. स्वामीकार्तिक खापर गाउँपालिकामा, बाजुरा ११. सभापोखरी गाउँपालिका, संखुवासभा १२. कुमाख गाउँपालिका, सल्यान १३. शिवनाथ गाउँपालिका, बैतडी १४. भैरवी गाउँपालिका, दैलेख
१५. दूधपोखरी गाउँपालिका, लमजुङ १६. गल्कोट नगरपालिका, बागलुङ १७. फेदाप गाउँपालिका, तेह्रथुम १८. माछापुच्छ्रे गाउँपालिकाका, कास्की
१९. कुम्मायक गाउँपालिका, पाँचथर २०. सोताङ गाउँपालिका, सोलुखुम्बु २१. हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक २२. नवदुर्गा गाउँपालिका, डडेल्धुरा
२३. ढकारी गाउँपालिका, अछाम २४. आमाछोदिङमो गाउँपालिका, रसुवा २५.मेरिङदेन गाउँपालिका, ताप्लेजुङ २६.रघुगंगा गाउँपालिका, म्याग्दी
२७. आरुघाट गाउँपालिका, गोरखा २८. कमलबजार नगरपालिका, अछाम २९. सागुरीगढी गाउँपालिका, धनकुटा ३०. ऐरावती गाउँपालिका, प्युठान
३१. त्रिवेणी गाउँपालिका, सल्यान ३२. लिखुपिके गाउँपालिका, सोलुखुम्बु ३३. आदर्श गाउँपालिका, डोटी ३४.ऐँसेलुखर्क गाउँपालिका, खोटाङ
एमालेले प्रमुख/अध्यक्ष जितेका पालिकाहरू
१. चामे गाउँपालिका, मनाङ २. ङिस्याङ गाउँपालिका, मनाङ ३. वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
४. लोमन्थाङ गाउँपालिका, मुस्ताङ ५. थासाङ गाउँपालिका, मुस्ताङ ६. लो–घेकर दामोदरकुण्ड मुस्ताङ ८. शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा ९. खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु १०. साइपाल गाउँपालिका, बझाङ ११. थलरा गाउँपालिका, बझाङ १२. बौदीकाली गाउँपालिका, नवलपरासी पूर्व
१३. मालिका गाउँपालिका, म्याग्दी १४. महाकाली नगरपालिका, दार्चुला १५. हरिनास गाउँपालिका, स्याङ्जा १६. पञ्चेश्वर गाउँपालिका, बैतडी
१७. बुलिङटार गाउँपालिका, नवलपरासी पूर्व १८. पूर्वखोला गाउँपालिका, पाल्पा १९. गोसाईकुण्ड गाउँपालिका, रसुवा २०. माङसेबुङ गाउँपालिका, इलाम
२१. तिनाउ गाउँपालिका, पाल्पा २२ जोरायल गाउँपालिका, डोटी २३. इन्द्रसरोवर गाउँपालिका, मकवानपुर २४. हतुवागडी गाउँपालिकामा, भोजपुर
२५. म्याङलुङ नगरपालिका, तेह्रथुम
२६. मेन्छयायेम गाउँपालिका, तेह्रथुम २७. चौबिसे गाउँपालिका, धनकुटा २८. कालीगण्डकी गाउँपालिका, स्याङ्जा २९. पाणिनी गाउँपालिक, अर्घाखाँची
३०. लालझाडी गाउँपालिका, कञ्चनपुर ३१. पौवादुङ गाउँपालिका, खोटाङ
माओवादी केन्द्रले प्रमुख/अध्यक्ष जितेको पालिकाहरू
१. जगदुल्ला गाउँपालिका, डोल्पा २. नौमुले गाउँपालिका, दैलेख ३. ताराखोला गाउँपालिका, बागलुङ ४. लिम्चुङबुङ गाउँपालिका उदयपुर ५. थवाङ गाउँपालिका, रोल्पा ६. ताँजाकोट गाउँपालिका, हुम्ला ७. थुलुङ दूधकोसी गाउँपालिका, सोलुखुम्वु
८. अजिरकोट गाउँपालिका, गोरखा ९.चन्द्रकोट गाउँपालिका, गुल्मी १०. आलिताल गाउँपलिका, डडेलधुरा १२. लेकम गाउँपालिका, दार्चुला १३. बोगटान फुड्सिलमा गाउँपालिकक, डोटी
१४. फक्ताङलुङ गाउँपालिका, ताप्लेजुङ १५. रोल्पा नगरपालिका, रोल्पा १६. पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व १७. जन्तेढुंगा गाउँपालिका, खोटाङ
१८ अपी हिमाल गाउँपालिका, दार्चुला १९. नौगाड गाउँपालिका, दार्चुला
एकीकृत समाजवादीले अध्यक्ष जितेका तह
१. छार्काताङसोङ गाउँपालिका, डोल्पा (निर्विरोध)
२. काइके गाउँपालिका, डोल्पा (निर्विरोध)







प्रतिक्रिया