९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा उम्मेदवार नै नभएको उपमेयरमा रुखलाई ११५१ मत



२ जेठ ०७९, ललितपुर । ललितपुर महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार नै नभएका नेपाली कांग्रेसलाई ११५१ मत खसेको छ। ललितपुरमा गठबन्धनले माओवादी केन्द्रका बाबुराम वज्राचार्यलाई टिकट दिए पनि उनले अहिलेसम्म १४६४ मतमात्र पाएका छन्।

एमालेकी मञ्जली शाक्य वज्राचार्यले ललितपुर उपमेयरमा २००५ मतसाथ अग्रता बनाइरहेकी छन्। मेयरमा भने गठबन्धनका उम्मेदवार कांग्रेसका चिरिबाबु महर्जनले ४४७३ मत ल्याएर एमालेका हरिकृष्ण व्यञ्जनकारलाई धेरै पछाडि पारिदिएका छन्।

हरिकृष्ण व्यञ्जनकारले अहिलेसम्म १६२१ मत ल्याएका छन्।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ५ : १८ बजे