२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आईओसीले फेरि बढाएर पठायो इन्धनको मूल्य



२ जेठ ०७९, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि इन्धनको मूल्य बढाएर पठाएको छ।  आईओसीले सोमबार नेपाल आयल निगमनलाई पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरिद गर्ने प्रशोधित तेलको मूल्यसमेत बढेको निगमले जनाएको छ। ‘निगमले आईओसीसँग खरिद गर्ने प्रशोधित तेलको मूल्य वृद्धिसँगै निगमको नोक्सानी थप बढेको छ’, उपाध्यायले भने, ‘पछिल्लो ५ महिनामा आईओसीबाट प्राप्त हुने मूल्यसूची उच्च दरले बढेको छ।’

यो अवधिमा पेट्रोलमा प्रतिलिटर ४५ रुपैयाँ, डिजेलमा ६२ रुपैयाँ, मट्टीतेलमा ४०, हवाई इन्धनमा ५७ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ बढेको निगमले जनाएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।