९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरको महाँकाल गाँउपालिका अध्यक्षमा गठबन्धनका केसी विजयी



३ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिका अध्यक्षमा नेकपा माओवादी काँग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएकी छिन् ।
गाँउपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञावालीका अनुसारनेपाली काँग्रेसका नेता समेत रहेका अध्यक्षका विजयी गणेश केसीले ३ हजार ४ सय ५५ मत पाएपछि विजयी घोषणा गरिएको हो । उनका निकतम प्रतिश्पर्धी नेकपा एमालेकी कमला तामाङले २ हजार ८ सय ८७ मत ल्याएकी छिन् ।
नेकपा माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २ सय ३८ मत ल्याएका छन् ।
उपाध्यक्षमा विजयी गोलेले ३ हजार १ मत ५२ ल्याएकी छिन् । उनका निकतम प्रतिश्पर्धी नेकपा एमालेका पुरुषोत्तम हुमागाँईले २ हजार ७ सय ८७ मत ल्याएका छन् ।

नेकपा एककृत समाजबादीका अध्यक्ष उम्मेदवार राजनप्रसाद बञ्जाराले ९ मत पाएका छन् । राप्रपाका अध्यक्षका उम्मेदवार सुरेस घिमिरेले २३ मत पाए भने उपाध्यक्ष उम्मेदवार सञ्चमायाँ सिंगारले ५९ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ६ : ४१ बजे