९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कीर्तिपुरको नगर अध्यक्षमा कांग्रेसका नकर्मी विजयी




३ जेठ ०७९, कीर्तिपुर । कीर्तिपुर नगरपालिकाको अध्यक्षमामा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५ सय ७ मत प्राप्त गर्नुभएको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।
यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्म्ेदवार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६ सय ६५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरेकी थिइन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ७ : २९ बजे