९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरीमा गम्भिर र गजेन्द्रबीच रोचक टक्कर




ललितपुर खबर
४ जेठ ०७९,चापागाँउ । मध्यललितपुरको गोदावरी नगरपालिकाको स्थानीय निर्वाचनको मतगणनाको क्रममा गठबन्धनका उम्मेदवार गजेन्द्र महर्जन र एमाले उम्मेदवार गम्भिर रानाबीच रोचक प्रतिश्र्पा देखिएको छ ।
नेकपा माओवादीबादीसँग गठबन्धनको साहारा लिएर निर्वाचनमा होमिएका नेपाली काँग्रेसका नेता गजेन्द्र महर्जन चुनावी मैदानमा एक्लै होमिएका गम्भिर रानासँग हम्मे हम्मे परेको छ ।
निर्वाचन आयोगको निर्वाचन परिणामहरुका अनुसार गठबन्धनका उम्मेदवार गजेन्द्रलाई गम्भिरले सुरुदेखि नै आमुन्ने सामुन्ने हुने गरि पछ्याएका छन् । उनी ललितपुरको लेले क्षेत्रको मत गणनाको क्रममा गजेन्द्रलाई उछिने भने गोदावरी ११ सम्म आइपुग्दा अगाडि नै छन् । गोदावरी १२ ठेचो गजेन्द्रको जन्म स्थान रहेकोले प्रभाव क्षेत्र रहेकाले उनले मत धेरै अनुमान छ ।
पछिल्लो समय गठबन्धनका उम्मेदवार गजेन्द्रले १२ हजार ५ सय ६४ मत पाएका छन् भने एमालेका गम्भिरलेले १४ मत धेरै १२ हजार ५ सय ७८ मत पाएका छन् ।
गोदावरी १३ यसअघि नेकपा एमालेले जितेको कारण नेकपा एमालेको राम्रैहुने अनुमान छ । नगरपालिकाको अन्तिम वडा गोदावरी १४ ठैव नेकपा माओवादी प्रभाव क्षेत्र रहेको अवस्थामा गम्भिरलाई धेरै गाह्रो नहुने अनुमान छ । उपमेयरमा भने गठबन्धन की उम्मेदवार मुना अधिकारी सुरुदेखि नै अघि छिन् । उनले पछिल्लो समय १२ हजार ८ सय ५४ मत ल्याएकी छिन् भने उपमेयर रमि प्रधानागंले ११ हजार २ सय १० पाएकी छिन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : २४ बजे