९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले




४ जेठ ०७९, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री ३ सय ९० मत अन्तरले विजयी भएका छन् । उनले ९ हजार ५ सय ५० मत ल्याएका छन् ।
यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो । निकतम प्रतिश्पर्धी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार बास्तोलाले ९ हजार १ सय ६० मत पाए ।
उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकीले ११ हजार १ सय ७ मतसहित विजयी भएका छन् । कांग्रेसका उपमेयरका उम्मेदवार सुभद्रा काफ्लेलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् । काँग्रेसकी उम्मेदवार काफ्लेले ९ हजार ७६ मत पाइन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : १४ बजे