२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी निर्वाचित



४ जेठ ०७९, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्।
अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् । कांग्रेसकी थापाले १० हजार १६६ मत ल्याइन् । मतगणनाको शुरूवाती चरणदेखि नै अधिकारी र थापाबीच कडा प्रतिष्पर्धा चलिरहेको थियो ।

यस्तै उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ १० हजार १३२ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन्। योसँगै एमालेले काठमाडौंमा पहिलो नगरपालिका जितेको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।