७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भरतपुरमा रेणु दाहालको अग्रता कायमै, झण्डै ३ हजार मतको अग्रता



५ जेठ ०७९, भरतपुर । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् । उनले एमालेका उम्मेदवार विजयसुवेदी भन्दा २ हजार ९ सय ४६ मत धेरै ल्याएर अग्रता कायम राखेकी हुन् ।
बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी हुन् ।
उनलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन् ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।