९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको गोदावरीमा काँग्रेसका मेयर उम्मेदवार गजेन्द्र र उपमेयर मुना विजयी




५ जेठ ०७९, चापागाँउ । गोदावरी नगरपालिकामा गठबन्धनबो तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्र महर्जन काँग्रेसकै उपमेयरकी उम्मेदवार मुना अधिकारी विजयी भएकी छिन् ।
नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार काँग्रेसका मेयरका उम्मेदवार महर्जनले १९ हजार १ सय ७० मत पाएसँगै विजयी घोषणा भएका हुन् । उनका निकटम प्रतिश्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार गम्भिर महर्जनले १५ हजार २ सय ३२ मत पाए ।
नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार मुना अधिकारीले १८ हजार ५ सय ३६ मतसँगै विजयी भइन् । उनकी निकटतम प्रतिश्पर्धी रमि प्रधानांगले १४ हजार ३ सय ५ मत पाएकी छिन् ।
गोदावरी नगरपालिकामा नेपाली काँगे्रसले मेयर उपमेयर पदसँगै १४ वटा वडामध्ये ११ वटा वडामा विजय हासिल गरेको छ ।
विजय घोषणा भएसँगै मेयर महर्जन र उपमेयर महर्जनसहितको विजय जुलुस निस्किएको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १ : २८ बजे