२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


थलीमा मिनी टाटाको ठक्करबाट खड्काको मृत्यु




५ जेठ ०७९, काठमाडौं । काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई थली बस्ने ६० वर्षीय नरबहादुर खड्काको बिहीबार बिहान मृत्यु भएको हो ।

मिनी टाटाको ठक्करबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा शङ्करापुर अस्पताल नारायणटारमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न मिनी टाटा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।