९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको महालक्ष्मी नगरको मेयरमा एमालेका हरिगोविन्द र उपमेयरमा काँग्रेसकी लक्ष्मी विजयी




ललितपुर खबर
७ जेठ ०७९, ललितपुर । उत्तर पुर्वी ललितपुरको महालक्ष्मी नगरको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ र उपमेयरमा नेपाली काँग्रेसकी लक्ष्मी महर्जन विजयी भएका छन् ।
श्रेष्ठ ३ हजार ६ सय ९२ मतान्तरले विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार श्रेष्ठले ९ हजार ३ सय ५० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्र
प्रतिश्पर्धी नेकपा माओवादी केन्द्रका शिव कट्टेलले ५ हजार .६ सय ५८ मत पाएका छन् ।
नगरकी उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भइन् । उनले ९ हजार ५ सय ९१ मत ल्याएसँगै विजेता भएकी हुन् । उनकी निकटतम प्रतिश्पर्धी नेपाली नेकपा एमालेकी विणा सुवेदीले ८ हजार ६ सय ८३ मतले विजयी भइन् । उनको विजेता महर्जनको भन्दा ९ सय ८ मत कम थियो ।
निकटतम प्रतिश्पर्धीसँगै नेकपा समाजवादीका नकुल थापा पनि प्रतिश्पर्धी देखिए । उनले ३ हजार ८ सय ९१ मत ल्याएका छन् । राप्रपा नेपालका प्रविण खत्रीले २ हजार ५ सय ९३ मत पाए । स्वतन्त्रमा उम्मेदवारी दिएका दिनेश प्रसाद सुवेदीले ५ सय ६६ मत पाए ।
नगरपालिकाका वडाध्यक्षतर्फ नेकपा एमालेका छिरिङ लामा (१ इमाडोल),ध्रुव खत्री (इमाडोल २), कुवेर केसी (इमाडोल ३), अमृत खत्री (४इमाडोल),विश्वराज श्रेष्ठ(लुभु ८) र विजय लामा(लाकुरी भञ्ज्याङ १०) विजयी भए ।
नेपाली काँग्रेसबाट कपिल केसी(टिकाथली ५) र (८)वावुराजा महर्जन (७ टिकाथली) र जयकृष्ण बोगटी (लामाटार ९) विजयी भए भने नेकपा माओवादी केन्द्रका (सिद्धिपुरका ६) धर्म महर्जन विजयी भए ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ६ : ०६ बजे