२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरमा काँग्रेसको मत बाँडिदा मञ्जलीलाई फाइदा,रुखमा मत दिदा बाबुराजलाई घाटा (समाचार विश्लेषण)




७ जेठ ०७९, ललितपुर । ललितपुर महानगरको उपमेयर उम्मेदवारी सत्ता गठबन्धनका कारण नेपाली काँग्रेसको भागमा परेन । ललितपुर महानगरमा काँग्रेसको उपमेयर उम्मेदार नभएकै कारण एमालेको उम्मेदवार मञ्जली शाक्यलाई फाइदा भएको प्रारम्भिक नतिजाले देखाएको छ ।
सत्तागठबन्धनको निर्णय अनुसार नेकपा माओवादीका उम्मेदवार वावुराज बज्राचार्य अघि बढे । पछिल्लो मतगणनामा ललितपुर महानगरका सत्तागठबन्धनका मेयरका चिरिवावु महर्जनले २३ हजार ३ सय ६ मत पाउँदा गठबन्धनकै उपमेयरका उम्मेदवार वावुराज बज्राचार्यले १४ हजार १ सयभन्दा धेरै कम ९ हजार १ सय ६५ मत पाएका छन् ।
तथ्याङ्क विश्लेष्ण गर्दै ललितपुरका माओवादी केन्द्रका नेताहरु महानगरमा गठबन्धन धोका भएको बताएका छन् । उनीहरुले मेयरमा चिरिबाबु महर्जनलाई मतदान गर्नेहरुले वावुराज बज्राचार्यलाई मतदान नगरेको भन्दै चित्त दुखाएका छन् ।
एमालेकी उम्मेदवार मञ्जली शाक्यको १३ हजार ३ सय ३७ मत पाएको अवस्थामा एमालेकै मेयर  उममेदवार हरिकृष्ण व्यञ्जनकारको मत१३ हजार ३ सय ९८ रहेको छ । एमालेका उम्मेदवारहरुको झण्डै बराबर मत रहेको अवस्थामा एमालेको मत अन्त कतै गएको देखिदैन ।
केही मत उपमेयरका स्वतन्त्र उममेदवार अजरमान जोशीलाई गएको अनुमान छ । उनले ३ हजार ८ सय ३८ मत पाएका छन् । उता राप्रपाका मेयर उम्मेदवार अष्टबहादुर महर्जनले २ हजार २ सय ८७ मत पाएको अवस्थामा उपमेयरकी उम्मेदवार स्पर्णिमा ३ हजार ८ सय ४६ मत पाएको देखिन्छ । यो मतान्तर विश्लेषण गर्दा काँग्रेसको केही मत स्वर्णिमातर्फ मोडिएको अनुमान गर्न सकिन्छ । उम्मेदवार नभएको अवस्थामा नेपाली काँग्रेसको रुख चिन्हमा भोट हाल्नेहरु ६ हजारभन्दा धेरै छन् । जव की गठबन्धनका उम्मेदवार वावुराज बज्राचार्यलाई उठाइएको छ ।
स्वतन्त्र उम्मेदवारहरु राजन खड्काले ५ सय ८२,सुबिन कुमार शाक्यले १ सय ९७,रत्न ब्यञ्जनकारले १३४,जानकी प्रधान १ सय २७ र ममिता श्रेष्ठ १सय ३ मत पाएका छन् ।
उपमेयरका उम्मेदवार अजरमान जोशी स्वतन्त्र हैसियतले उम्मेदवार हुँदा आफ्नो समाजसेवा रप्रभावका कारण यो मत आएको बताउछन् । उनी भन्छन्, गठबन्धन भनेर मात्रै अहिलेको समयमा सबैले भोट नदिने उनको भनाई छ । उनी भन्छन्, ‘अहिलेका जनता बुझ्ने भइसकेका छन् । कसलाई भोट दिने भन्नेमा जनताले निर्भिक भएर निर्णय गर्ने गरेका छन् ।’ जोशीले गठबन्धनभन्दा बाहिरबाट पनि आफूलाई मत आएको बताउछन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।