९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरपालिकाः बालेन साहको अग्रता कायमै, सिर्जना दोस्रोमा उक्लिइन्



७ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार मेयर पदका उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। आयोगको औपचारिक विवरण अनुसार उनले हालसम्म ३२ हजार ९७८ मत पाएका छन्।

यसअघि तेस्रो स्थानमा रहँदै आएकी कांग्रेस उम्मेदवार सिर्जना सिंह भने दोस्रोमा उक्लिएकी छिन्। उनले १७ हजार ७०२ मत पाएकी छिन्। मतगणनाको सुरुवातदेखि नै उनी तेस्रो स्थानमा रहँदै आएकी थिइन्।

पहिलो स्थानका बालेनसँग मतान्तर निकै रहेको भए पनि दोस्रो स्थानमा रहँदै आएका केशव स्थापितसँग भने उनले प्रतिस्पर्धी मत ल्याउँदै गएकी थिइन्।

शनिबार २ बजे सार्वजनिक विवरण अनुसार तेस्रो स्थानमा पुगेका एमालेका उम्मेदवार केशव स्थापितले भने १७ हजार ६७८ मत पाएका छन्।

काठमाडौं महानगरपालिकाका वडाहरू १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को अन्तिम मतपरिणाम घोषणा भइसकेको छ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  २ : ५४ बजे