२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालकाे जित शुनिश्चित, प्रतिस्पर्धी भन्दा १० हजार मतले अगाडी




७ जेठ ०७९, धनगढी । सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जीत हासील गर्ने निश्चित भएको छ ।
धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मत मध्य शनिबार दिउँसो सम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएर लिड गरिरहेका छन् ।
उनि दलका उम्मेदवार भन्दा १० हजार मतले अगाडी रहेका छन् । धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत पाएका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत मात्रै पाएका छन् ।
मत गणना करिव करिव अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दलका उम्मेदवार भन्दा १० हजार ९ सय ९७ अघि छन् ।
अव धनगढीमा करिब साढे १२ हजा मत गन्न बाँकी रहेको छ । साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एक लौटी जाने सम्भावना पनि छैन । त्यसैले एस पटक सुदूरपश्चिमको एक मात्र उप महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले कब्जा जमाउने निश्चित भएको छ ।

धनगढी उप महानगरपालिकाका १९ वडा मध्य १,२, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मतगणना सम्पन्न भइसकेको छ । मत गणना सम्पन्न भएका मध्य १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी वडा नम्बर ७ , ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा मावबादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । धनगढी–१३ को मत गणना अन्तिम चरणमा छ, भने वडा नम्बर ९, १०, ११, १२ को मतगणना जारी छ ।
२०७४ को निर्वाचनमा पनि गोपाल हमालले धनगढी उप महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिवेला उनि कांग्रेसका उम्मेदवार नृप बहादुर वड संग २७ सय मत अन्तरले पराजीत बनेका थिए । यस पटक उनै नृप वडलाई पराजीत गरेर ०७४ को हारको बदला लग्दै गोपाल हमाल धनगढीको मेयर बन्ने लगभग निश्चित भएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।