
८ जेठ ०७९, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित भएका हुन् । राईले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे । हर्कराजले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाए । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन् ।
धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५ सय १० मत प्राप्त गरे । उनका निकटतम प्रत्याशी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत पाए ।
विजयी भएका राईलाई निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले कलम र डायरी उपहार दिएका छन् ।
उनले कलम र डायरी दिँदै बधाई ज्ञापन समेत गरे । किशोरले आफू पराजित भएपनि जनताको मतको कदर गर्दै निर्वाचित मेयरलाई कार्यकाल सफलताको शुभकामना दिएका छन्। किशोरले अबको पाँच वर्ष धरानको नेतृत्व गर्दै राम्रो काम गर्न सुझाव समेत दिए।
८ जेष्ठ २०७९, आइतबार
0
Shares







प्रतिक्रिया