९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालाजु बसको ठक्करबाट युवाको मृत्यु घटना: आफन्त र प्रहरीबीच झडप



© ????? ????????????? ???

८ जेठ ०७९, काठमाडौं । काठमाडौंको बालाजुमा बसको ठक्करबाट युवाको मृत्यु भएको छ । साे घटनालाई लिएर आइतबार प्रहरी वृत्तमा मृतकका आफन्त र प्रहरीबीच झडप भएको छ । झडपमा मृतकका केही आफन्त र प्रहरी घाइते भएका छन् ।

बस व्यवसायी समितिका प्रतिनिधि र पीडित पक्षबीच दोषीलाई कानुनी दायरामा ल्याउने र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउने विषयमा छलफल चलिरहँदा एक्कासी विवाद बढेर झडपको स्थिति सिर्जना भएको हो ।

महानगरीय प्रहरी परिसर बालाजु वृत्तका अनुसार छलफल चलिरहँदा समितिका प्रतिनिधिमाथि पीडित पक्षले हातपात गरेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको र त्यही बखत बाहिरबाट प्रहरी वृत्तमा ढुंगामुढा भएकोले केहीबेर झडप भएको हाे । प्रदर्शनकारीलाई तितरबितर पार्नेक्रममा केही व्यक्ति र प्रहरी घाइते भएका छन् ।  ढुंगामुढा गर्ने ५ व्यक्तिलाई नियन्त्रणमा लिएको समेत प्रहरी वृत्तले जनाएकाे छ ।

वार्तामा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ४ का सन्च तामाङलगायत सहभागी थिए । काठमाडौं महानगरपालिका १६ अन्तर्गत वनस्थली चोक नजिकको सडकखण्डमा शनिबार दिउँसो मध्यउपत्यका १ नम्बर यातायात समितिको बा ४ ख ५७३९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिँदा नुवाकोट पञ्चकन्या गाउँपालिका ४ थप्रेकका २० वर्षीय राज दोङको मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा राखेको जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ०३ बजे