२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर ३३ हजार ८५८ जनप्रतिनिधि निर्वाचित(सूचीसहित)



९ जेठ ०७९, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म देशभर ३३ हजार ८५८ जनप्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार केही स्थानीय तहको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। केही महानगरपालिका र मतदान स्थगित भएका स्थानीय तहको मात्रै मतगणना सकिन बाँकी छ।

वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधिका लागि चुनाव भएको थियो। अधिकांश स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन्।

अहिलेसम्म २६० मेयर र ४५४ अध्यक्ष निर्वाचित भएका छन्। त्यति नै संख्यामा उपमेयर र उपाध्यक्ष आएका छन् भने ६ हजार ५१० वडाध्यक्ष चुनिएका छन्। यसैगरी ६ हजार ५०७ महिला सदस्य, ६ हजार ३९४ दलित महिला सदस्य र १३ हजार १९ वडाध्यक्ष निर्वाचित भएका छन्।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।