६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचनमा एमालेले धाँधली गर्यो: प्रवक्ता डा. महत



९ जेठ ०७९, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली गरेको आरोप उनले लगाएका हुन् । ‘एमालेले भन्दै आएको धाँधली भयो, सरकारले हस्तक्षेप गर्यो, सरकारले प्रभाव पार्यो भन्ने कुरामा सत्यता छैन,’

प्रवक्ता महतले भने, ‘वरु बाजुराको बुढिगंगा नगरपालिकामा व्यापक धाँधली भयो । नगरपालिकाको २, ३, ५, ९ नम्बर वडामा बुथ कब्जा गरियो । सुरक्षा निकाय पनि पस्न नसक्ने बनाइयो । यो कब्जा एमालेको नेताहरुको नेतृत्वमा भयो ।’ निर्वाचनमा धाँधली गरेर मतपेटिका समेत एमालेका नेताहरु आफैले बोकेर जिल्ला पुर्याएको उनले जनाए । यसलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने उनले बताए । ‘निर्वाचन आयोगलाई तत्काल कुनै पनि प्रभावमा नपरी चार वटा वाडमा पुन निर्वाचन गराउन माग गर्दछौं,’ प्रवक्ता महतले भने ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ४ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।