६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी




१० जेठ ०७९, चितवन । चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
पछिल्लो मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १ सय ४० मतान्तर कायम गरेकी हुन् । दाहालले ५१ हजार १ सय १२ मत पाउँदा सुवेदीले ३८ हजार ९ सय ७२ मत पाएका छन् ।
अन्तिम परीणाम आउन बाँकी रहँदै उनी निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि नतिजा घोषणा गर्नेछ ।
उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गरेका छन् । अधिकारीले ५१ हजार ९ सय ३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३ सय २६ मत पाएकी छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।