
ललितपुर खबर
१० जेठ ०७९, ललितपुर । ललितपुर महानगरमा नेपाली काँग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जन र उपमेयरमा मञ्जली शाक्यले विजय हासिल गरेपछि जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय परिसरमा उल्हास छाएको छ ।
समर्थकहरुले मंगलबार साँझ फूलमाला र अविर लगाएर विजेता उम्मेदवारहरुलाई बधाई दिए ।

नवनिर्वाचित मेयरका विजेता महर्जनले उपमेयर विजेता शाक्यसँगै हात मिलाए अनि मिलेर महानगरमा काम गर्ने प्रतिबद्धता जनाए ।

उपमेयर शाक्यले तिर्खाएमा महानगरबासीलाई पानी खुवाउने सपना बोकेर आफू आएको बताइन् । मेयर महर्जनले पुराना बाँकी काम पुरा गर्ने सोच बनाएको बताए ।










प्रतिक्रिया