५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा




१० जेठ ०७९, काठमाडौं । अन्तर प्रदेश चल्ने भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो ।
यात्रुवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा दुई दशमलव एक प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा तीन प्रतिशत भाडा बढाइएको छ ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १ सय ५३ रहेकामा हाल रु १ सय ६३ कायम भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ३० बजे