९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा अजर र स्वर्णिमाले पाए उत्साहजक मत




११ जेठ ०७९, ललितपुर । महानगरको उपमेयरमा स्वतन्त्र उम्मेदवार अजरमान जोशी र राप्रपाकी स्वर्णिमाले शाक्यले उत्साहजनक मत पाएका छन् ।
नेपानी काँग्रेस माओवादीको गठबन्धन रहेको अवस्थामा महानगरबाट स्वतन्त्र उम्मेदवारी दिएर व्यावसायी समेत रहेका जोशीले पाटनबाट राम्रो मत पाए । उनले ७ हजार २९ मत पाए भने राप्रपाकी उपमेयर उम्मेदवारले ७ हजार ७ सय ७९ मत पाइन् ।
ललितपुरमा नेकपा एमालेकी उपमेयर उम्मेदवार मञ्जली शाक्यले २५ हजार ७४ मत पाएकी थिइन् । उनका निकटतम प्रतिश्पर्धी नेकपा माओवादीका वावुराज बज्राचार्यले १८ हजार ७ सय ५२ मत पाए ।
उसो त राप्रपा बाट मेयरमा उम्मेदवारी दिएका ५ हजार ५ सय ५४ मत पाए । यो मत परिणामलाई महानगरमा निराशाजनक नभएको विश्लेषण गरिन्छ । विवेकशील शाझाका उम्मेदवार उज्वलकृष्ण श्रेष्ठले १ हजार ५ सय ८५ मत मात्रै ल्याउन सके । मजदुर किसान पार्टीका अशोक महर्जनले ४ सय ३१ मत पाए ।
स्वतन्त्र सरिना लादेले ३ सय ११ मत पाइन् भने सनि कपुर महर्जनले १ सय ३६ मत पाइन् ।
यद्यपी अधिल्लो स्थानीय निर्वाचनको तुलनामा भने यो मत परिणाम कम नै हो ।
त्यसबेला स्वतन्त्र उम्मेदवार रमेश महर्जनले मेयर पदमा १३ हजार ४ सय ५८ मत पाएका थिए । स्वतन्त्रबाट नै उपमेयरकी उम्मेदवार शोभा शाक्यले १४ हजार २ सय ४० मत पाएकी थिइन् । त्यसबेला चिरिवावु महर्जनले मयरमा २४ हजार ६ सय ४२ मत पाएका थिए भने उपमेयर गिता सत्यालले १९ हजार ८ सय १९ मत पाएकी थिइन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १ : ०३ बजे