६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्ष केपी ओली अस्वस्थ




१२ जेठ ०७९, काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएका हुन् ।
छलफलमा भाग लिने क्रममा उनले आफू अस्वस्थ रहेकाले बसेर सम्बोधन गर्न सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति मागेका हुन् । ‘म अस्वस्थ भएकाले आज बसेर सम्बोधन गर्नेछु,’ उनले भने ।
ओली नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सूक्ष्म ढंगले केस्रा केस्रा केलाएर संसदमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।