६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्तापक्षले उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर निर्वाचन जित्योः ओली(भिडियोसहित)



फाइल फोटो

१२ जेठ ०७९, काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप समेत लगाएका छन् । उनले भने, ‘एमालेलाई पत्तासाफ गरिदिने सत्ता गठबन्धनको घोषित नीति नै भएको र त्यहीअनुसार निर्वाचन गराइएको छ । कतिपय ठाउँमा सत्ता पक्षले बुथ नै कब्जा गरेर चुनाव जितेका छन् ।’

उनले भने, ‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन । उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेको छ । बुथ कब्जा नगर भन्यो भने प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएका छन् । उम्मेदवारका घरमा बम पड्काइएको छ । उम्मेदवारका घरका सदस्य घाइते भएका छन् । शान्तिपूर्ण भयो सबैतिर ?’

देशका कुनै पनि स्थानमा प्रतिपक्षका कारण चुनाव स्थगित नभएको ओलीले दाबी गरे । उनले २०७४ सालको चुनावमा यही गठबन्धन सरकारमा भए पनि निर्वाचन यस्तो भद्दा नभएको बताए । ओलीले भने, ‘यही गठबन्धन थियो, तर यस्तो आक्रामक र हिंसात्मक खालको चुनाव त्यो बेला भएको थिएन । अहिले त नयाँ कीर्तिमान नै भयो । पञ्चायतकालमा पनि यस्तो नांगो ढंगले राज्यसंयन्त्रको दुरुपयोग भएको थिएन ।’

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।