९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका स्थानीय निकायमा कार्यपालिका निर्वाचनको चटारो




१३ जेठ ०७९, ललितपुर । ललितपुरका सबै स्थानीय निकायको मतपरिणाम सार्वजनिक भएसँगै आजकल निर्वाचन अधिकृतहरुलाई फेरि कार्यपालिका निर्वाचनको चटारो छ ।
स्थानीय निकायको काम कारवाहीलाई सघाउन गठन हुने कार्यपालिका स्थानीय निकायमो मन्त्रीपरिषद जस्तै संयन्त्र हो ।
जिल्लाभित्र रहेका सबै पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयहरुले निर्वाचन कार्यतालिका प्रकाशन गरेका छन् । ललितपुर महानगरले भोलि उम्मेदवारी मनोनयन को कार्यक्रम राखेको मुद्यय निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।
पालिकास्थित निर्वाचन अधिकृतहरुका अनुसार महालक्ष्मी, गोदावरी, कोञ्ज्योसोम र वागमती गाँउपालिकामा आज मनोनयनको लागि मिती तोकिएको छ ।
महालक्ष्मी नगरपालिकामा कार्यपालिका निर्वाचन आँउदो बिहीबार १९ गते निर्वाचन हुँदैछ । अन्य गोदावरी नगरपालिका,वागमती कोञ्जोसोम गाँउपालिकामा १७ गते निर्वाचनका लागि मिती तोकिएको छ ।
निर्वाचनको सम्भावना कम
ललितपुरको सबै ठाँउमा गठबन्धनको बहुमत रहेका कारण कार्यपालिका निर्वाचनको सम्भावना कम र र्निविरोध निर्वाचित हुने सम्भावना रहेको निर्वाचन अधिकृतहरु बताउछन् । महालक्ष्मी नगरपालिकाकी निर्वाचन अधिकृत शारदा फुँयाल आवश्यक सख्याभन्दा धेरै उम्मेदवारी नपरेको खण्डमा निर्वाचन नहुने बताउछिन् । पालिकाभित्रका भर्खरै निर्वाचित मेयर उपमेयर वडाध्यक्ष र वडासदस्यहरुले मतदान गर्ने हुँदा कसले जित्ने हार्ने भन्ने निश्चित हुन्छ । त्यसैले दलहरुले मिलाए नै मनोनयन दर्ता गर्ने र र्निविरोध घोषणा हुने सम्भावना छ ।
महाकालमा र्निविरोध
महाकाल गाँउपालिकामा कार्यपालिका आवश्यक सख्याभन्दा धेरै उम्मेदवारी मनोनयन नपरेपछि र्निविरोध विजय घोषणा गरिएको छ । महाकाल गाँउपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञावालकिा अनुसार रेनुका सञ्जेल,मन्दिरा तिमल्सिना घिमिरे,देविमाया लामा र लक्ष्मी सञ्जेल निर्वाचितमध्ये महिला कार्यपालिका सदस्य निविरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा अल्पसंख्यक र दलितबाट गुप्तबहादुर ब्रामु र चित्रकुमारी विश्वकर्मा निविरोध निर्वाचित घोषित भए ।
हिजो विहीबार कार्यपालिका सदस्यहरुको घोषणासँगै महाँकाल गाँउपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय स्थगित गरिएको छ । निर्वाचन अधिकृत ज्ञावालीले भनिन्, ‘अव १५ दिनभित्र हाम्रो काम प्रतिवेदन पेश गर्ने समय छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : ५२ बजे