२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उद्योगमन्त्री बडुले ओलीको अभिव्यक्ति स्तरहीन भनेपछि प्रतिनिधि सभा बैठक स्थगित



१३ जेठ ०७९,काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति स्तरहीन भएको बताएपछि एमाले सांसदले बैठक अवरुद्ध पारेका हुन् ।

हिजोको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रम गठबन्धनको अस्थिर घोषणा पत्र भएको भन्दै टिप्पणी गर्नु भएको थियो । यस्तै, उहाँले सरकार कमिसनको खेलमा लाग्दा मूल्यवृद्धि भएको पनि आरोप लगाएका  थिए । उनको यो आरोपलाई मन्त्री बडुले स्तरहीन भनेपछि संसदमा हङ्गामा भएको हो ।

एमाले सांसदले ओलीमाथिकोे यो टिप्पणी रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् । एमालेको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।