२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सेनाको हेलिकप्टर नोर्चाङमा अवतरण



१५ जेठ ०७९, काठमाडौं । नेपाली सेनाको टोली विमान हराइरहेको क्षेत्र आसपास पुगेको छ। पोखराबाट एमआई १७ हेलिकप्टरमा गएको जर्नेल बाबुराम श्रेष्ठसहितको १२ जनाको विशेष उद्धार टोली नोर्चाङ गुम्बामा अवतरण गरेको हो। त्यहाँबाट पैदल नै उकालो लागेको सेनाले जनाएको छ।

यस्तै जोमसोमको नारायण दल गणबाट पैदल हिँडेको ६२ जना सेनाको टोली पनि पाइलटको मोबाइल ट्रयाकिङ भएको क्षेत्रमा पुगेको छ। क्याप्टेन बाबरप्रताप शाह नेतृत्वको टोली मोबाइल ट्रयाकिङ भएको क्षेत्रमा पुगेको हो।

अब करिब डेढ दुई किलोमिटर माथि जानुपर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ३ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।