२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन आज पदबबहाली गर्दै




१६ जेठ ०७९, काठमाडौं । काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन साह, उपमेयर सुनिता डैगोल,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गत महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् ।

महानगरको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् ।
महानगरको मेयर पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ मेयर ३५ जानको उपमेयरमा परेको थियो । महानगरको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित महानगरको पूर्वप्रवक्तासमेत रहेका ईश्वरमान डङ्गोल विजय भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपमेयरसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगरमा करिब एक लाख ९० हजार ९ सय ६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।