६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला



लेन्स : न्युज कारखाना

१६ जेठ ०७९, काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।
प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन ।
नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् ।
प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ ।
विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो । न्युज कारखाना

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ११ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।