९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको लेलेमा मोटरसाइकलसहित लडेको अवस्थामा देशार फेला




१६ जेठ ०७८, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ६ लेले सुन्तली डाँडा रहेको क्रसरसँगै खोचमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
महानगरिय प्रहरी बृत्त चापागाँउकाका अनुसार सोमबार विहान ७ बजे गोदावरी ११ चापागाँउका विज्ञान देशार ३ नम्बर प्रदेश०२ ००७ ६३८५ कालो निलो २२० पल्सर (पल्टेको अवस्थामा)सहित मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी बृत्तमा कार्यरत प्रसनी हरि भट्टका अनुसार जानकारी उनको शव वोष्ट मार्टमका लागि पाटन अस्पताल गरिएको छ । सामाजिक सञ्जालमा शंकास्पद घटना भन्ने उल्येख गरेर स्टाटसहरु पोष्ट भए पनि पछिल्लो समयसम्म कुनै उजुरी नआएको प्रसनी भट्टले ललितपुर खबरलाई बताए ।
प्रसनी भट्टले पोष्ट माष्र्टम रिर्पोट आएपछि मात्रै घटनाका बारेमा जानकारी हुने बताए ।
सहकारीका प्रबन्धक इन्जोल श्रेष्ठका अनुसार उनी प्राकृतिक सहकारीमा बजार प्रतिनिधिका रुपमा काम गर्थे । उनी सहकारीको लेले शाखामा आयोजित कार्यक्रममा भाग लिएर रातको समयमा चापागाँउतर्फ फर्कदै थिए ।

 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ३ : १३ बजे