६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विमान दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय जाँच आयोग गठन



१६ जेठ ०७९, काठमाडौं । मुस्ताङमा आइतबार भएको जहाज दुर्घटनाको अनुसन्धान गर्न सरकारले जाँच आयोग गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमन इन्चार्ज रहने गरी ५ सदस्यीय आयोग गठन गरिएको हो।

आयोगका सदस्यहरूमा क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ र वरिष्ठ मौसमविद् मणिरत्न शाक्य रहेका छन्। सदस्य सचिवमा भने सहसचिव बुद्धिसागर लामिछाने छन्।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एन–एईटी कलसाइनको ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो।

जहाजमा १३ जना नेपाली यात्रु, ६ जना विदेशी र ३ जना चालक दलसहित २२ जना सवार थिए। उनीहरु सबैको मृत्यु भएको छ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।