९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


देशारको हत्या भएको भन्दै चापागाँउ सडक बन्द,स्थानीय आन्दोलित




ललितपुर खबर
१७ वैशाख ०७९, चापागाँउ । ललितपुरको गोदावरी नगरपालिका ६ लेले सुन्तली डाँडा रहेको क्रसरसँगै खोचमा सोमबार विहान मृत भेटिएका गोदावरी ११ चापागाँउका विज्ञान देशारको हत्या भएको र सत्यतथ्य बाहिर ल्याई अपराधिलाई कारवाहीको माग गर्दै स्थानीयले चापागाँउ सडक बन्द गरेका छन् ।
स्थानीयले चापागाँउ सडक बन्द गर्दै नारावारी गरेको एक स्थानीयले ललितपुर खबरलाई बताए । उनले भने, देशारलाई गाडीले ठक्कर दिएर हत्या भएको हो । हत्यालाई दवाउन षड्यन्त्र भइरहेको सूचना पाएपछि हामीले सडक बन्द गर्दै विरोध गरेका हौं ।
प्रहरी बृत्तमा कार्यरत प्रसनी हरि भट्टका अनुसार जानकारी उनको शव वोष्ट मार्टमका लागि पाटन अस्पताल गरिएको छ ।
महानगरियप्रहरी बृत्तममा कार्यरत एक प्रहरीले पाटन अस्पतालमा पोष्ट मार्टम गर्न लगिएको भएपनि रिपोर्ट आइनसकेको बताइन् ।
महानगरिय प्रहरी बृत्त चापागाँउकाका अनुसार सोमबार विहान ७ बजे गोदावरी ११ चापागाँउका विज्ञान देशार ३ नम्बर प्रदेश०२—००७ प ६३८५ कालो निलो २२० पल्सर (पल्टेको अवस्थामा)सहित मृत अवस्थामा फेला परेका थिए ।
प्रसनी भट्टले पोष्ट माष्र्टम रिर्पोट आएपछि मात्रै घटनाका बारेमा जानकारी हुने बताए ।
सहकारीका प्रबन्धक इन्जोल श्रेष्ठका अनुसार उनी प्राकृतिक सहकारीमा बजार प्रतिनिधिका रुपमा काम गर्थे । उनी सहकारीको लेले शाखामा आयोजित कार्यक्रममा भाग लिएर रातको समयमा चापागाँउतर्फ फर्कदै थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  २ : ४३ बजे