२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कास्की एमालेले गर्‍यो तीन जनालाई कारबाही



१८ जेठ ०७९, काठमाडौं ।  पार्टीको उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोपमा कास्की एमालेले तीनजनालाई कारबाही गरेको छ। वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा पार्टीका उम्मेदवारलाई पराजित गरेर गठबन्धनका उम्मेदवालाई जिताउन भूमिका खेलेको भन्दै पार्टीले कारबाही गरेको हो।

पोखरामा एमालेले कृष्ण थापालाई प्रमुम पदमा उम्मेदवार बनाएको थियो। उनलाई पराजित गरेर गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका धनराज आचार्यले जितेका थिए।

सार्वजनिक भएका तथ्य प्रमाणका आधारमा तीन जनालाई पार्टी सदस्यबाट निलम्बन गरिएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एमालेले पोखरा महानगरपालिका वडा २१ अन्तर्गत पार्टी संगठित सदस्य मनोज पहारी, वडा नम्बर ३३ कमिटीका उपाध्यक्ष महेश अर्याल र ३३ कै संगठित सदस्य रहेका प्रशान्त आचार्यलाई पार्टी संगठित सदस्यबाट निलम्बन गरेको हो।

गुरुङले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सार्वजनिक भएका भ्वाइस क्लिप र त्यसमा संलग्न व्यक्तिहरुसँग पार्टीका सम्बन्धित कमिटीहरुले स्पष्टीकरण सोधी निजहरुको बारेमा पार्टी विधानको धारा ८० अनुसारको अनुशासन उल्लघंन गरिएको ठहर गरी धारा ८१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढेको जानकारी गराउँदछौंँ।’

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।